Janakpurdham
Mon, Oct 27, 2025
`

“विद्यार्थीहरूका लागि विद्यालयमा स्वादिलो र पौष्टिक दिवा खाजा”

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

किशोर मण्डल

जनकपुरधाम, असार २३ गते । सबैला नगरपालिका–८, ठिल्ला — मिति २०८२ साल असार २३ गते, सोमबारका दिन श्री जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवामा अध्ययनरत विद्यार्थीहरूलाई पौष्टिक दिवा खाजाको रूपमा चिउरा सहित आँप र मासु वितरण गरिएको छ। दिवा खाजा समितिको समन्वयमा आयोजित यस कार्यक्रमअन्तर्गत शाकाहारी विद्यार्थीहरूलाई आँप तथा चिउरा प्रदान गरिनुका साथै मांसाहारी विद्यार्थीहरूलाई मासु र चिउरा खुवाइएको विद्यालयले जानकारी दिएको छ। स्वस्थकर तथा पौष्टिक आहार प्रवर्धन गर्ने उद्देश्यले गरिएको यस पहलप्रति विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाएका छन्। विद्यालयका प्रधानाध्यापक दिनेश कुमार राय का अनुसार, विद्यार्थीहरूको स्वास्थ्य र पढाइमा सन्तुलन ल्याउने प्रयासस्वरूप यस प्रकारका खाजा कार्यक्रमहरू दैनिक रुपमा सञ्चालन गरिदै आइरहेको छ ।

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

7 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले