Janakpurdham
Mon, Oct 27, 2025
`

न्यायाधीश नियुक्तिमा परिषदलाई बारको ध्यानाकर्षण– अब आइन्दा यस्तो कार्य नदोहोर्‍याउनू

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २४ : नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा सम्मानजनक प्रतिनिधित्वको माग गरेको छ। 

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्ति सिफारिस गर्दा कानुन व्यवसायीको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने माग बारको छ ।

बार महासचिव केदारप्रसाद कोइरालाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषदको ध्यानाकर्षण गराउँदै उक्त माग गरिएको हो। बारले न्यायाधीश नियुक्तिमा बारलाई कमजोर पार्ने रणनीति अख्तियार नगर्न समेत अनुरोध गरिएको छ। 

‘सर्वोच्च अदालतको तीन न्यायाधीश नियुक्ति सिफारिसमा एक न्यायाधीश पद खाली नै राखी रिक्त सबै पदपूर्तिका लागि सिफारिस नगर्नुको औचित्य स्थापित हुन सकेको छैन,’ बार महासचिव कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पद रिक्त हुनु एक महिना अघि नै पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने बाध्यात्मक कानुनी प्रावधानलाई न्याय परिषद्ले ऐच्छिक प्रावधानका रूपमा रूपान्तरण गरेको र न्यायाधीश नियुक्तिमा समानुपातिक, समावेशी सिद्धान्त अपनाउनुपर्ने संविधानको व्यवस्थालाई न्याय परिषद्ले ध्यान नदिएको र अब आइन्दा यस्तो कार्य नदोहो¥याउन न्याय परिषद्को गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

यस्तै, बारले न्याय परिषद् नियमावलीको संशोधनको विषय र बारका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे उपरको अदालतको अवहेलना मुद्दा शीघ्र निरूपणका लागि बारको अडान र दृष्टिकोण यथावत् रहेको जानकारी पनि विज्ञप्तिमार्फत गराएको छ। 

साभार ः काठमाडौं प्रेस

 

 

 

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

7 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले