ससुराको हत्या गरेर फरार ज्वाइँ ७ दिनपछि पक्राउ
4 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,असार २५ गते । छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् । जनकनन्दनी गाउँपालिकाबाट उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए ।
उनका अनुसार बेचनले आफ्नै ससुरा जनकपुरधाम १५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह ‘विमल’ को गत असार १८ मा हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए ।
घरायसी विवाद तथा लेनदेनका कारण बेचनले ससुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एसपी रेग्मीले बेचनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।
मृतक बासुदेव जनकपुरधामका मेयर मनोज साहका काका हुन् ।
साभार : नेपाल प्रेस

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
9 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
9 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले