Janakpurdham
Mon, Oct 27, 2025
`

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार २५ गते । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

सांसद यादवले भने, ‘आज संसदमा सत्तापक्षकै अधिकांश सांसद उपस्थित छैनन् । उहाँहरुलाई पनि बजेट मन परेको छैन । आजको अनुपस्थितिले यही देखाउँछ ।’बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन । 

सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे ।बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५-१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए ।तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् ।सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् ।बजेटबारे नेकपा एमाले भने मौन छ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

4 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले