‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्रसस्त छन्’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए।
‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ। यसको सदुपयोग गर्नुपर्छ। हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ,’ उनले भने, ‘भएको कुरा केही होइन र हुँदै नभएको कुराको पछि दौडिएर हामीले के पाउने? नेपालमा प्रसस्त सम्भावनाहरु छन्।’
यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए।
‘अहिले नेपालमा केही हुँदैन्, भन्ने भ्रम फैलाउने दुस्प्रयास भइरहेको छ। तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुँदैन् भन्ने गलत भाष्य निर्माण भइरहेको छ। यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ,’ उनले भने।
मन्त्री सिंहले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन्।
साभार : काठमाडौं प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
11 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
11 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले