Janakpurdham
Mon, Oct 27, 2025
`

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमतिले पारित

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पेश गरेको बजेट सर्व सहमतिले पारित गरेको छ ।

मधेश प्रदेश सभाको बैठकलाई प्रतिपक्षी दलको बहिष्कारका बीचमा प्रदेश सभाको बैठकले विनियोजन विधेयक २०८२ सर्व सहमतिले पारित गरेको हो । अर्थमन्त्री सुनिलकुमार यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।

मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ । बाँकी रहेका ६ दलहरू जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् ।

अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेश सभाको बैठकमा पेश गर्नुभएको ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बराबरको आय व्यय सहितको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयका विषयमा उठेका जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिश कुमार सिंह सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनु भएपछि बजेट निर्णयार्थ पेश गरेपछि विनियोजन विधेयक सर्व सहमतिले पारित भएको हो ।

यसै बीच मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि प्रदेश सभाको बैठक स्थगित भएको सूचना टाँस गरेको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ ।  

 

साभार : रेडियो नेपाल

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

4 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले