Janakpurdham
Mon, Oct 27, 2025
`

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरूको भूमिका प्रशंसनीय : नेता निधि

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन्। 

बिहीबार बसेको नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनाउनुपर्ने भन्दै यस्ता समिति र संस्थाहरुले नेपाल बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका हुन्। 

‘उत्तर विधायिकी परीक्षण मिस्टर फाउन्डेसनले नेपाल, नेपालको लोकतन्त्र र नेपालको फाइदाको लागि हामीले एउटा आवश्यक जानकारी प्राप्त गर्न सक्छौ र नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धका लागि पनि सहयोग हुन्छ,’ उनले भने, ‘आगामी दिनमा नेपाल बेलायतसँग सम्बन्धित अरु संस्थाहरुले कुन कुन क्षेत्रमा काम गरिरहेको छ त्यसको जानकारी लिने र बेलायतमा पनि नेपालसँग सम्बन्धित संस्थााहरु कुन कुन छन् जानकारी लिएर लिस्ट गरौं।’

उनले नेपाल–बेलायत संसदीय मैत्री समूहले औपचारिक र अनौपचारिक क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने बताए। 

‘नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनायाैं। यसलाई औपचारिक र अनौपचारिक क्रियाकलापहरु गर्यौं। चेम्बर र डब्लुएफडीको पदाधिकारीसँग समन्वय गरेर अनौपचारिक क्रियाकलापहरु गर्दा राम्रो हुन्छ,’ उनले भने।

 कार्यक्रममा बोल्दै उद्यमी राजेन्द्र खेतानले बेलायतीहरु नेपालका लगानी गर्न उत्साहित रहेको भन्दै केहीले वित्तिय क्षेत्रमा लगानी गरेको पनि बताए।

कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ, सुहाङ नेम्बाङलगायतले आफ्नो धारणा राखेका थिए। 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

4 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले