Janakpurdham
Wed, Sep 10, 2025
`

जनकपुरधामको विकासमा सवेैले सहयोग गर्नुपर्ने नगरप्रमुख साह

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

चन्दन ठाकुर

जनकपुरधाम , ३ साउन  । जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साहले ऐतिहासिक तथा धार्मिक हिसावले अत्यन्त महत्वपुर्ण रहेकोले जनकपुरको विकास निमार्णको कार्यमा समाजका हरेक वर्गले सहयोग गर्नुपर्ने विचारव्यक्त गर्नुभएको छ ।

जनकपुरधाम उपमहागनगरपालिकाको वडा नं २१ स्थित कुर्थामा पककीढलान सडकको उद्घाटन पश्चात आयोजित समारोहलाई सम्वोधन गर्दे विश्वमै धार्मिक पर्यटनका लागि महत्वपुर्ण रहेको जनकपुरको विकास आवश्यक रहेको वताउँनुभयो ।

आन्तरिक तथा वाहिरी पर्यटनको मार्फत जनकपुरमा व्यवसाय तथा रोजगारी वढाउनका लागि जनकपुरलाई स्वच्छ , सफा तथा भौतिकपूर्वाधार सहित सडकको निमार्णमा आफूले विशेष जोडदिएको उल्लेखगर्दे जनकपुरधाम उपहानगरपालिकाको उदेश्य तथा लक्ष्य तथा विकासको कार्यमा राजनीति भन्दामा माथि उठेर सहयोगगर्न विचार व्यक्त गर्नुभयो ।

उपमहानगरपालिको एक्लो प्रयासले जनकपुरको विकास सम्भव नभएकोले सवैको सहयोग तथा सल्लाह आवश्यक रहेको उहाँको भनाई थियो ।

जिल्ला समन्वय समिति धनुषका सदस्य तथा समाज सेवी महेन्द्र महतोले समाजको विकासमा कुन ैभेदभाव नराखी स्वच्छ भावनाले सवैले सहयोग गर्नुपर्ने विचार व्यक्तगर्दे कुर्थाको विकास लगायत अन्य कार्यमा यहाँको २१ नं वडाले गरेको कार्य महत्वपूर्ण रहेको वताउँनुभयो ।

जनकपुर उपहानगरपालिका वडा नं २१का वडा अध्यक्ष राजनारायण साह (राजु)ले आफूले वडाको विकास निमार्णका साथै महिला तथा वालवालिकलाई आत्मनिर्भर वनाउन विभिन्न किसिमका शीपमूलक तालिम तथा जनचेतना अभियान तथा कृषि पेशालाई व्यवसायिक वनाउनमा पनि जोडदिएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा वडा सदस्य आशाराम पाशवान र सृजना पंडीत वडाका जनताको समस्यावारे वोल्नु भएको थियो । सो समारोहमा वडा नं २१ मा विकास निमार्णका साथै समाजमा उल्लेखनीय कार्यगर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

यसरी सम्मान गरिएकाहरुमा स्निेहीप्रसाद निराला , नावेन्द्र झा , लिलेश साह , चन्द्रेश्वर साह , मो.नुरमोहम्मद अली , शेषर महासेठ , श्रीदेव मंडल , वनवाली मंडल , चन्देश्वर मंडल ,शंकरदास , रामएकवाल दास ,मुकेश पंण्डित, तथा महेन्द्र महतो रहेका छन् । उनीहरुलाई प्रशंसापत्रवाट सम्मान गरिएको थियो ।

 

 

`
12 comments
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

24 घन्टा पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

24 घन्टा पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

2 दिन पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

2 दिन पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

3 दिन पहिले