Janakpurdham
Mon, Oct 27, 2025
`

१५ वर्षसम्म हत्यारा पत्ता नलागेपछि पीडित परिवारले गराए गृहमन्त्रीको ध्यानाकर्षण

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ३ : दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को हत्या प्रकरणमा १५ वर्षसम्म पनि हत्यारा पहिचान र कारबाही नभएको बिषयमा पीडित  परिवारले शनिबार गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। 

गृहमन्त्री रमेश लेखकलाई मृतक हेमराजका भाइ पुष्कर धितालले ज्ञापन पत्र बुझाउँदै दाइको हत्यार पत्ता लगाई कारबाही गर्न माग गरेका थिए। 

१५ वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा परिवारसमेत त्रासमा बाँच्नु परेको गृहमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ। दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष रहेका हेमराज राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति लगायत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए। 

ज्ञापनपत्र बुझ्नेक्रममा गृहमन्त्री लेखकले आफुले त्यसबारे बुझेर प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे पहिचान भइसकेको भए आरोपितलाई पक्राउ गर्न निर्देशन दिने आश्वासन दिएका थिए। 

‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो’ गृहमन्त्री लेखकले ज्ञापनपत्र बुझ्दै भने, ‘ढुक्क हुनुस, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजिपीलाई निर्देशन दिन्छु।’ 

हत्या प्रकरणको घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ तर अहिलेसम्म उपलब्धि भने हात लागेको छैन। रेडियो तुलसीपुरका संस्थापक स्टेसन म्यानेजर तथा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी र तुलसीपुरका पत्रकार गणेश आचार्यले पीडित परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

साविकको उरहरी गाविसका कांग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या गरिएको थियो। 

मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको थियो।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

4 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले