Janakpurdham
Wed, Oct 14, 2026
`

गेष्टहाउसमा युवकको हत्या अभियोगमा पक्राउ परेकी महिला सार्वजनिक

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,श्रावण ५ गते । जनकपुरधामको होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या अभियोगमा एक युवती पक्राउ परेकी छन् ।

महोत्तरीको बलवा नगरपालिका-७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनिमाथि गेस्टहाउसमा छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारको क्रममा उनको अस्तातमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा शनिको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीको दावी छ । प्रहरीका अनुसार घटनापछि झा गेस्टहाउसबाट भागेको सीसीटिभी क्यामेरामा कैद भएको थियो ।

मृतक शनि र पक्राउ परेकी युवती झा गेस्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


साभार : नेपाल प्रेस

 

 

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

9 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

9 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले