Janakpurdham
Thu, Oct 16, 2025
`

‘कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्नुपर्छ’

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पूरानो, थोत्रो, खराब र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए।

समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो। सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो।

‘आज नेपाली कांग्रेसका लागि चुनौती भनेकै पार्टी पुरानो, थोत्रो भयो भन्ने भाष्यलाई चिर्नु हो। पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ। त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ। विचारको मन्थन हुनुपर्छ,’ उनले भने, ‘हामी कसैको निम्तालु भएर जाने होइन, हामीले पो कसैलाई निम्तालु बनाएर बोलाउने हो। छलफल र बहस गर्ने विषय यही नै हो।’

महामन्त्री थापाले नेपाली कांग्रेसभित्र एउटा व्यवस्थित पुस्तकालय बन्न जरुरी थियो त्यो बनेको जिकिर गरे। 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

19 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

19 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले