Janakpurdham
Thu, Oct 16, 2025
`

गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् : प्रथम राष्ट्रपति यादव

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ७ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४३औं पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक विपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको बताएका हुन्।  

डा.यादवले समानुपातिक, समावेशी, सङ्घीयतासहितको संविधान कार्यान्वयन प्रव्रिmयामा रहेका विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। 

‘हामी ठिक मार्गमा छौं। देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमा छ । तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो,’ उलने भने, ‘नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् । विगतको सङ्घर्षपूर्ण इतिहास युवा पुस्तालाई बुझाउनै पर्छ।’

प्रा.डा. हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बिपी कोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्र जनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताए।

पूर्वराष्ट्रपति डा. यादवले महामानव बिपी कोइरालाका सन्दर्भमा गरिएका प्रचारबारे प्रस्टीकरण दिएका छन्। उनले २०१२ को वीरगञ्ज अधिवेशनमै नेता कोइरालाले यो विषयमा प्रस्ट पारेको बताए।

विपीमा गाउँको विकास गर्ने सोच रहेको र समाजवादका माध्यमबाट समाज बल्दने सोच रहेको बताए। उनले राणाशासनको अन्त्यपछि बिपीले नेपालमा पार्टी संगठन विस्तारमा लाग्दा नेपालका तराई, मधेश, हिमाल र पहाडको जनजीवनका सबै आयाम बुझेको बताए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

19 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

19 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले