Janakpurdham
Mon, Sep 21, 2026
`

गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् : प्रथम राष्ट्रपति यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ७ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४३औं पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक विपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको बताएका हुन्।  

डा.यादवले समानुपातिक, समावेशी, सङ्घीयतासहितको संविधान कार्यान्वयन प्रव्रिmयामा रहेका विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। 

‘हामी ठिक मार्गमा छौं। देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमा छ । तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो,’ उलने भने, ‘नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् । विगतको सङ्घर्षपूर्ण इतिहास युवा पुस्तालाई बुझाउनै पर्छ।’

प्रा.डा. हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बिपी कोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्र जनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताए।

पूर्वराष्ट्रपति डा. यादवले महामानव बिपी कोइरालाका सन्दर्भमा गरिएका प्रचारबारे प्रस्टीकरण दिएका छन्। उनले २०१२ को वीरगञ्ज अधिवेशनमै नेता कोइरालाले यो विषयमा प्रस्ट पारेको बताए।

विपीमा गाउँको विकास गर्ने सोच रहेको र समाजवादका माध्यमबाट समाज बल्दने सोच रहेको बताए। उनले राणाशासनको अन्त्यपछि बिपीले नेपालमा पार्टी संगठन विस्तारमा लाग्दा नेपालका तराई, मधेश, हिमाल र पहाडको जनजीवनका सबै आयाम बुझेको बताए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले