Janakpurdham
Mon, Sep 21, 2026
`

जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, साउन ७ : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन्।

बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप)को सद्घाटन गर्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए। 

उनले धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे। उनले जनकपुरधाम सिता माता र भगवान रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रुपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए। 

त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरुको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे।

मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन सहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीयतहलाई ध्यान दिन आग्रह गरे।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले