मधेश प्रदेश तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,श्रावण ८ गते । सरकारले मधेश प्रदेशलाई तीन महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा यो सूचना प्रकाशित भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’
मधेश प्रदेशमा देखिएका विपद् अवस्थालाई सम्बोधन गर्न सरकारले आवश्यक कानुनी व्यवस्था र संयन्त्र सक्रिय गर्नेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकामे गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले जानकारी दिए ।
उक्त अवधिभित्र विपद्बाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी घोषणाको अवधि बढाउन सक्ने व्यवस्था छ ।
साभार : नेपाल प्रेस

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
22 मिनट पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
25 मिनट पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले