Janakpurdham
Wed, Oct 14, 2026
`

एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउवा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन्।

‘अहिले समय नै इन्टरनेटको हो। आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले गर्न थालेका छौं,’ उनले भने, ‘यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्नेछ भन्ने मलाई विश्वास छ।’

सभापति देउवाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हामी धेरै कुरा गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँसम्म आइपुगेको छ, त्यसैले यसको सदुपयोग गर्न सक्ने हो भने देशको विकासमा ठूलो योगदान पुग्नेछ,’ देउवाले भने।

सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पु¥याएको बताए। 

‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’ उनले भने।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

8 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

8 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले