Janakpurdham
Mon, Oct 27, 2025
`

एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउवा

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन्।

‘अहिले समय नै इन्टरनेटको हो। आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले गर्न थालेका छौं,’ उनले भने, ‘यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्नेछ भन्ने मलाई विश्वास छ।’

सभापति देउवाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हामी धेरै कुरा गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँसम्म आइपुगेको छ, त्यसैले यसको सदुपयोग गर्न सक्ने हो भने देशको विकासमा ठूलो योगदान पुग्नेछ,’ देउवाले भने।

सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पु¥याएको बताए। 

‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’ उनले भने।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

9 मिनट पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

13 मिनट पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले