स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ : मन्त्री पौडेल
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार गर्न बाँकी रहेको बताएका छन्।
सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए।
‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न बाँकी छ। पूर्णतातर्फ यसलाई लिएर जान आवश्यक छ। केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन,’ उनले भने, ‘यो कुरा हामीले स्वीकार गर्नुपर्छ। स्वास्थ्य यस्तो संवेदनशिल क्षेत्र हो जुन दायित्वबाट सरकार पन्छिन सक्दैन्।’
उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी रहेको धारणा राखे। जनशक्तिले दबाबमा काम गर्न नसक्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातावरण निर्माणमा आवश्यकता औंल्याए।
‘स्वास्थ्य क्षेत्रमा रहेको जनसमुदायलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी छ। यसको समग्र सुधारको निम्ति हामीले नीतिगत कुराहरु अलि बढि सुधार गर्न आवश्यक छ,’ मन्त्री पौडेलले भने, ‘तर सबैले महशुस गर्नुपर्ने कुरा के हो भने बीर अस्पतालमा जुन दरबन्दीमा काम गरिरहेको छौं त्यो जनताको लागि हो । स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातारण निर्माण हुन आवश्यक छ । यो जनशक्तिले दबाबमा काम गर्न सक्दैन्।’
योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सक्यो भने नेपालको स्वास्थ्य क्षेत्रहरु अहिले भन्दा प्रभावकारी ढंगले सेवा दिने स्थिति पुग्न सक्ने उनको भनाई छ।
साभार : काठमाडौं प्रेस
.jpg)
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
8 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
8 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले