स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ : मन्त्री पौडेल
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार गर्न बाँकी रहेको बताएका छन्।
सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए।
‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न बाँकी छ। पूर्णतातर्फ यसलाई लिएर जान आवश्यक छ। केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन,’ उनले भने, ‘यो कुरा हामीले स्वीकार गर्नुपर्छ। स्वास्थ्य यस्तो संवेदनशिल क्षेत्र हो जुन दायित्वबाट सरकार पन्छिन सक्दैन्।’
उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी रहेको धारणा राखे। जनशक्तिले दबाबमा काम गर्न नसक्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातावरण निर्माणमा आवश्यकता औंल्याए।
‘स्वास्थ्य क्षेत्रमा रहेको जनसमुदायलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी छ। यसको समग्र सुधारको निम्ति हामीले नीतिगत कुराहरु अलि बढि सुधार गर्न आवश्यक छ,’ मन्त्री पौडेलले भने, ‘तर सबैले महशुस गर्नुपर्ने कुरा के हो भने बीर अस्पतालमा जुन दरबन्दीमा काम गरिरहेको छौं त्यो जनताको लागि हो । स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातारण निर्माण हुन आवश्यक छ । यो जनशक्तिले दबाबमा काम गर्न सक्दैन्।’
योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सक्यो भने नेपालको स्वास्थ्य क्षेत्रहरु अहिले भन्दा प्रभावकारी ढंगले सेवा दिने स्थिति पुग्न सक्ने उनको भनाई छ।
साभार : काठमाडौं प्रेस
.jpg)
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले