पत्नी हत्या गरी ५ वर्ष जेल बसेर आएका रामबाबुले तीनजनालाई खुकुरी हाने- बालिकाको मृत्यु, २ घाइते
3 महीना पहिले प्रकाशित
Esandhyakalin
धनुषा,श्रावण १३ गते । जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
कटैयाचौरी नजिक भएको घटनामा बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूको उपचार भइरहेको छ ।
आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति तीनैजनामाथि खुकुरी प्रहार गरेका थिए ।
साभार : नेपाल प्रेस

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
11 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले