Janakpurdham
Sun, Aug 03, 2025
`

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

23 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताएका छन्। 

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले पानीको सङ्कट समाधानका लागि जलस्रोत विधेयकलाई शीघ्र पास गर्नुपर्नेमा जोड दिए।

‘यो मुलुकको हितका लागि बनाइएको कानुन हो, सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर सरकारले जलस्रोत विधेयकलाई शीघ्र टुङ्ग्याउनुपर्छ,’ उनले भने।

मन्त्री खड्काले विधेयकमार्फत स्थानीय तह र प्रदेश सरकारलाई सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिए।

समितिका सभापति तुलसाकुमारी दाहालले सबै सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर विधेयकलाई टुंगो लगाइने बताइन् । उनले विधेयकमा सच्याउनुपर्ने विषयलाई सच्याएर शीघ्र टुंगेमा पुर्‍याउने उल्लेख गरिन्। 

छलफलमा सांसदहरू कृष्णप्रसाद सिटौला, डा. वेदुराम भुसाल, डा. अन्जान शाक्यलगायतले छुटेका विषयलाई समेटेर विधेयकलाई समृद्ध र समयानुकूल बनाइनुपर्ने बताएका थिए। 

 

साभार ः काठमाडौं प्रेस

`
12 comments
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

23 घन्टा पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

23 घन्टा पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

3 दिन पहिले

आमासँग प्रेम, छोरीको हत्या

धनुषा,श्रावण १५ गते । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई ..

3 दिन पहिले

‘तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन’

मोरङ, साउन १४ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार ८४ सम्मै रहने बताएका छन्। विराट..

4 दिन पहिले