भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको मृत्यु, ५० जना बेपत्ता
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कासी आएकाे बाढीले गाउँ नै बगाएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। बीबीसीका अनुसार बाढीमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। उद्धारका लागि सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ।
बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा छन्।
स्थानीय समयानुसार मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको बीबीसीले उल्लेख गरेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। सञ्चार सम्पर्क टुटेको छ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन्। पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात त्यस क्षेत्रमा भारतीय सेनाको अड्डा र अर्धसैनिक बल इन्डो–तिब्बती सीमा बलको क्याम्पसमेत रहेको छ ।
साभार : काठमाडौं प्रेस

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
11 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले