Janakpurdham
Wed, Oct 14, 2026
`

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद्घाटन गर्नुहुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको साउन ३० गते उद्घाटन गर्नुहुने भएको छ । 

मधेश प्रदेश सरकारको करिब २५ करोडको लागतमा निर्माण भएको अत्याधुनिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री जनकपुरधाम आउन लाग्नुभएको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले जानकारी दिनुभयो । 

बहु वर्षे योजना अन्तर्गत प्रदेश सरकारले निर्माण गरेको सो भवनमा प्रहरीका विभिन्न शाखा रहने छन् । 

मधेश प्रदेश प्रहरीको आफ्नो भवन नभएपछि हाल भाडामा बस्दै आएको छ । जनकपुरधामको वडा नंं ४ मा नव निर्मित भवनले मधेश प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको रहेको छ । 

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गर्नुभएको भवनको निर्माण निर्धारित समयमै सम्पन्न भएको हो ।  

साभार : रेडियो नेपाल

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

7 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

7 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले