Janakpurdham
Mon, Oct 27, 2025
`

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद्घाटन गर्नुहुने

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको साउन ३० गते उद्घाटन गर्नुहुने भएको छ । 

मधेश प्रदेश सरकारको करिब २५ करोडको लागतमा निर्माण भएको अत्याधुनिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री जनकपुरधाम आउन लाग्नुभएको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले जानकारी दिनुभयो । 

बहु वर्षे योजना अन्तर्गत प्रदेश सरकारले निर्माण गरेको सो भवनमा प्रहरीका विभिन्न शाखा रहने छन् । 

मधेश प्रदेश प्रहरीको आफ्नो भवन नभएपछि हाल भाडामा बस्दै आएको छ । जनकपुरधामको वडा नंं ४ मा नव निर्मित भवनले मधेश प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको रहेको छ । 

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गर्नुभएको भवनको निर्माण निर्धारित समयमै सम्पन्न भएको हो ।  

साभार : रेडियो नेपाल

 

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

1 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

1 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

3 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 दिन पहिले