Janakpurdham
Wed, Oct 14, 2026
`

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्षसहित ४ जना घाइते

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले पत्रकारहरुमाथि आक्रमण गरेका छन् ।

वकिलहरुको आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकारहरु घाइते भएका छन् । उनीहरु प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।

महासचिव क्रान्तिको पैताला भाँचिएको छ । अस्पतालमा उपचाररत उनले भने, ‘हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो । हामी त्यहाँ पुगेपछि सैयौंको संख्यामा रहेका वकिलहरुले आक्रमण गर्नुभयो । म पनि घाइते भए । मेरो खुट्टा क्रेक भएको छ । अहिले ब्यान्डेज गराउँदैछु ।’

अध्यक्ष बन्जाराको र दिवाकरको टाउकोमा चोट लागेको छ । अन्य पत्रकारहरुको पनि भागदौडमा चोटपटक लागेको छ । उनीहरुमाथि आक्रमण हुँदा प्रहरी समेत थिए । तर प्रहरीले केहि गर्न सकेनन् ।

भूतनाथ महादेवको दक्षितीर पत्रकार महासंघले गुठी संस्थानसंग ४ कठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षका लागि लिजमा लिएको छ । महासंघका महासचिव क्रान्तिका अनुसार साउन १९ मा महासंघ र गुठी संस्थानबीच जग्गाको सम्झौता भएको छ ।

तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै महासंगले लीजमा लिइसकेको उक्त जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई भनेको थियो ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

7 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

7 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले