जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्षसहित ४ जना घाइते
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले पत्रकारहरुमाथि आक्रमण गरेका छन् ।
वकिलहरुको आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकारहरु घाइते भएका छन् । उनीहरु प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।
महासचिव क्रान्तिको पैताला भाँचिएको छ । अस्पतालमा उपचाररत उनले भने, ‘हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो । हामी त्यहाँ पुगेपछि सैयौंको संख्यामा रहेका वकिलहरुले आक्रमण गर्नुभयो । म पनि घाइते भए । मेरो खुट्टा क्रेक भएको छ । अहिले ब्यान्डेज गराउँदैछु ।’
अध्यक्ष बन्जाराको र दिवाकरको टाउकोमा चोट लागेको छ । अन्य पत्रकारहरुको पनि भागदौडमा चोटपटक लागेको छ । उनीहरुमाथि आक्रमण हुँदा प्रहरी समेत थिए । तर प्रहरीले केहि गर्न सकेनन् ।
तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै महासंगले लीजमा लिइसकेको उक्त जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई भनेको थियो ।
साभार : नेपाल प्रेस
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
1 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
1 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले