Janakpurdham
Wed, Oct 14, 2026
`

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो। 

ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी नेप्से एआई लगायतका कुनै पनि अपरिचित लिङक तथा एप्सहरु क्लिीक, डाउनलोड तथा इन्सलट नगर्न हुन सर्वसाधरणमा अनुरोध गरिएको छ।’

ब्यूरोले जोन डोइ (सांकेतिक नाम)ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको विश्लेषण गर्नको निम्ति नेप्से एआइ नामक एप डाउनलोड गर्दा उनको खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा सारिएको घटना लगायत अन्य ठुला ठुला घटनाहरु घटिरहेको जानकारी दिएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

7 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

7 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले