सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो।
ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी नेप्से एआई लगायतका कुनै पनि अपरिचित लिङक तथा एप्सहरु क्लिीक, डाउनलोड तथा इन्सलट नगर्न हुन सर्वसाधरणमा अनुरोध गरिएको छ।’
ब्यूरोले जोन डोइ (सांकेतिक नाम)ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको विश्लेषण गर्नको निम्ति नेप्से एआइ नामक एप डाउनलोड गर्दा उनको खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा सारिएको घटना लगायत अन्य ठुला ठुला घटनाहरु घटिरहेको जानकारी दिएको छ।
साभार : काठमाडौं प्रेस
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
1 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
1 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले