Janakpurdham
Mon, Oct 27, 2025
`

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । 

आक्रमण गर्ने कानुन व्यवसायी तथा लेखनदासमाथि कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्डसहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान एक घण्टा धर्ना दिएका छन् । 

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेर विरोध प्रदर्शन गरेका हुन् । 

गुठी संस्थानबाट नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी २० वर्षका लागि लिजमा लिएको ४ कट्ठा जग्गा संरक्षणका लागि साउन २७ गते तार लगाएर घेराबार गर्ने क्रममा नेपाल एसोसिएसन जनकपुरका पदाधिकारी सहित ६०–७० जना कानुन व्यवसायीहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।

नेपाल वारको भवनबाट निस्केर महासङ्घले प्राप्त गरेको जग्गासम्म पुगेर पत्रकारहरूमाथि जोर जबरजस्ती गर्नुका साथै कुटपिट पनि भएको थियो । सो क्रममा महासङ्घ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

कुटपिटमा संलग्न पाँच जना कानुन व्यवसायीमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा साउन २८ गते किटानी जाहेरी दिए पनि हालसम्म कारबाही नगरेको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् । 

 


साभार : रेडियो नेपाल

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

1 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

1 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

3 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 दिन पहिले