वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आरोप सत्यता नभएको
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमुख डा. प्रविण मिश्रमाथि लगाईएको बलात्कार आरोपमा कुनै सत्यता नरहेको जनाएको छ । साथै डा मिश्रसंग जोडिएर सार्वजनिक भएको धारणा गलत रहेको वताइएको छ ।
सो अस्पतालद्दारा आज जारी प्रेशविज्ञप्तीमा अस्पतालले स्वास्थ्य उपचार सम्वन्धि भरपर्दौ तथा गुणस्तरीय सेवा दिइरहेको वर्तमान अवस्थामा सो अस्पतालका प्रमुख डा मिश्रमा लगाइएको आरोप निराधार एवम् कपोकल्पित रहेको उल्लेख गरिएको छ ।
उहाँमाथि प्रहरीमा वलात्कार सम्वन्धि दिइएको जाहेरी आरोप पुष्टि नभएपछि जिल्ला अदालत महोतरीबाट साधारण तारेकमा रिहा भएर नियमित कार्यमा डा. मिश्र फर्किएको डीएनबी मेडिकेयर सेन्टरले जनाएको छ ।
डा.प्रबिन मिश्रलाई वलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको र पक्राउ पछि विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्चालमा सम्प्रेसन भएको सन्देशमा सत्यता नभएको डीएनबी मेडिकेयर सेन्टरको भनाई रहेको छ ।
गर्भवती भएकी एक किशोरीले डेढ महिनाको गर्भ औषधी सेवन गरी गर्भपतन प्रयास गरेको र औषधी सेवनबाट किशोरी अचेत अवस्थामा अस्पतालमा आएपछि किशोरीलाई बचाउन डा.मिश्रले हरसम्भव प्रयास मात्रै गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
असुरक्षित गर्भपतन पछि अस्पतालमा आएकी किशोरीको ज्यान बचाउँदा प्रहरीले बलजफती नियन्त्रणमा लिएर मुद्धा चलाएको र सञ्चार माध्यमले एकतर्फी रुपमा सत्यतथ्य नबुझि चरित्र हत्या गरेको डा. मिश्रले पत्रकाहरुलाई जानकारी दिनुभयो ।
करीव १० वर्ष अगाडि स्थाापना भएको सो अस्पतालले २४घण्टा इमर्जेन्सी सेवा , ओपीडि सेवा , जेनरल अर्थौपेडिक सेवा , ल्याव सेवा , गाइनो सेवा , हाडजोर्नी सेवा , कार्डियोलोजी सेवा , छाला तथा नाकघाँटी उपचार सेवा तथा हेयर ट्रान्सप्लान्ट लगायतका स्वास्थ्य उपचार सम्वन्धि सेवा दिदैआएको डा मिश्रले जानकारी दिनुभयो ।
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
1 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
1 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले