Janakpurdham
Wed, Oct 14, 2026
`

वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आरोप सत्यता नभएको

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमुख डा. प्रविण मिश्रमाथि लगाईएको बलात्कार आरोपमा कुनै सत्यता नरहेको जनाएको छ । साथै डा मिश्रसंग जोडिएर सार्वजनिक भएको धारणा गलत रहेको वताइएको छ । 

 सो अस्पतालद्दारा आज जारी प्रेशविज्ञप्तीमा अस्पतालले स्वास्थ्य उपचार सम्वन्धि भरपर्दौ तथा गुणस्तरीय सेवा दिइरहेको वर्तमान अवस्थामा सो अस्पतालका प्रमुख डा मिश्रमा लगाइएको आरोप निराधार एवम् कपोकल्पित रहेको उल्लेख गरिएको छ ।

 उहाँमाथि प्रहरीमा वलात्कार सम्वन्धि दिइएको जाहेरी आरोप पुष्टि नभएपछि जिल्ला अदालत महोतरीबाट साधारण तारेकमा रिहा भएर नियमित कार्यमा डा. मिश्र फर्किएको डीएनबी मेडिकेयर सेन्टरले जनाएको छ । 

डा.प्रबिन मिश्रलाई वलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको र पक्राउ पछि विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्चालमा सम्प्रेसन भएको सन्देशमा सत्यता नभएको डीएनबी मेडिकेयर सेन्टरको भनाई रहेको छ । 

गर्भवती भएकी एक किशोरीले डेढ महिनाको गर्भ औषधी सेवन गरी गर्भपतन प्रयास गरेको र औषधी सेवनबाट किशोरी अचेत अवस्थामा अस्पतालमा आएपछि किशोरीलाई बचाउन डा.मिश्रले हरसम्भव प्रयास मात्रै गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

असुरक्षित गर्भपतन पछि अस्पतालमा आएकी किशोरीको ज्यान बचाउँदा प्रहरीले बलजफती नियन्त्रणमा लिएर मुद्धा चलाएको र सञ्चार माध्यमले एकतर्फी रुपमा सत्यतथ्य नबुझि चरित्र हत्या गरेको डा. मिश्रले पत्रकाहरुलाई जानकारी दिनुभयो ।  

करीव १० वर्ष अगाडि स्थाापना भएको सो अस्पतालले २४घण्टा इमर्जेन्सी सेवा , ओपीडि सेवा , जेनरल अर्थौपेडिक सेवा , ल्याव सेवा , गाइनो सेवा , हाडजोर्नी सेवा , कार्डियोलोजी सेवा , छाला तथा नाकघाँटी उपचार सेवा तथा हेयर ट्रान्सप्लान्ट लगायतका स्वास्थ्य उपचार सम्वन्धि सेवा दिदैआएको डा मिश्रले जानकारी दिनुभयो ।

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

6 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

6 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले