Janakpurdham
Sat, Jun 20, 2026
`

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार्यक्रमका बीच जनकपुरधाम उप-महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपन्छी क्षेत्रको सुदृढीकरणतर्फ अगाडि बढीरहेको जनकपुरधाम उप महानगरपालिकामा ग्रामिण उद्योग तथा आर्थिक विकास कोरिडोर, बर्दिबासको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको पालिकाले जनाएको छ । नब निर्मित सुविधा सम्पन्न तथा पूर्णरूपमा सुसज्जित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन करिब २ करोड २५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको निर्माणको जिम्मा पाएको निर्माण कम्पनी विजय सिर्जना भगत ग्रुप जे भीले बताएका छन । उक्त भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला (ल्याब), तालिम हल, तथा आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू समेटिएका छन् । हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उदघाटन एबम भवनलाई नगरको स्वामित्वमा समेत ग्रहण गरेका छन । नगरप्रमुख साहले उक्त कार्यक्रममा बोल्दै उक्त भवनलाई बहुउपयोगी रुपमा प्रयोग गर्ने भन्दै यसको प्रयोगले सबैलाई फाईदा पुग्ने बताएका छन । प्रमुख साहले नगरको ग्रामिण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनबाट नगरपालिकाबाट प्रवाह हुने कृषि र पशुजन्य सेवा थप प्रभावकारी हुने बताए । किसानसम्म सहज र प्रभावकारी ढङ्गले सेवा सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले भवन निर्माणमा सहयोग गर्ने संस्था तथा पदाधिकारीलाई धन्यवाद दिए । उनले नयाँ भवनमा सुविधा सम्पन्न प्रयोगशालाको स्थापना समेत गरिएकाले कृषि र पशुपन्छीको उपचार खोज्न बाहिर जान नपर्ने बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादवले अत्याधुनिक सुविधासहित तयार गरिएको भवनबाट सञ्चालन गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रले कृषि तथा पशुपालनको क्षेत्रमा ठूलो मद्दत पुग्ने बताए । यस क्षेत्रका अधिकांश जनता कृषि पेशामा आवद्ध रहेको बताउँदै आधुनिक प्रविधिका प्रयोगशालाको सहयोगले कृषि तथा पशुपालनमा वृद्धि हुने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहले कृषिका लागी प्रचुर सम्भावना बोकेको जनकपुरधाम उपमहानगरपालिकामा उक्त भवनले महत्वपूर्ण सहयोग गर्ने भन्दै निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने, “यस केन्द्रको स्थापनासँगै अबदेखि स्थानीय किसानहरूले कृषि तथा पशुपन्छी सम्बन्धी सम्पूर्ण सेवा आफ्नै उपमहानगरपालिकाबाट पाउनेछन् । यो केन्द्रले किसानहरूको जीवनस्तर उकास्न र उनीहरूको आयमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।” 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले कृषि तथा पशुपन्छी सम्बन्धी तालिम सञ्चालनका लागि हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी प्रयोगशाला र अन्य आवश्यक सम्पूर्ण सुविधासहित भवन निर्माण गरिएको बताएका छन । कार्यक्रममा उपस्थित स्थानीय किसानहरू, भद्रभलादमी तथा अन्य सहभागीहरूले भवन निर्माणले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । उनीहरूले नगरपालिकालाई यसको लागि धन्यवाद दिए र आगामी दिनहरूमा अझ राम्रो सुविधा र सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन ।समारोहमा नगरका वडाध्यक्षहरू, कर्मचारी, स्वयंसेवक, शिक्षक–शिक्षिकाहरू, नेता कार्यकर्ता, प्रशासनका प्रतिनिधिहरू, स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

`
12 comments
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा..

काठमाडौं, असार ६ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई नि..

17 मिनट पहिले

संविधानको मर्मलाई आत्मसात् गर्दै सुशासन र समृद्धिको बा..

रौतहट, असार ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संघीय लोकतान्त्रिक गणतन्त..

23 मिनट पहिले

लगातार दोस्रो जितसँगै अमेरिका नकआउट, दोस्रो हारपछि टर्क..

  काठमाडाैं, असार ६ : आयोजक अमेरिका फिफा विश्वकपको नकआउटमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियाल..

6 घन्टा पहिले

प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पार..

काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा..

6 घन्टा पहिले

गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..

2 दिन पहिले