
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लिलानाथ श्रेष्ठ
4 घन्टा पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्धि अन्तरक्रिया कार्यक्रम आज जनकपरधाममा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवम् पूर्वमंत्री लिलानाथ श्रेष्ठले कुनैपनि उच्चस्थान तथा पदको नेतृत्वगर्नका लागि कार्य सम्पादन नै पहिलो आधार भएको वताउनुभएको छ । उहाँले वदँलिदो समयमा जनताले पद वा हैसियतको अधारमा नभई सेवाभाव , नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मल्याकंनगर्ने स्पष्ट पार्नभयो । नेकपा एमालेका पोलिटव्यरो सदस्य रामेश्वर फुयालले विगत ३५ वर्षमा नेपालको आर्थिक , सामाजिक तथा भौतिक लगायत विभिन्न क्षेत्रमा धेरै विकास तथा प्रगति भएकाले त्यस विषयलाई आफनो पार्टीका नेता तथा कार्यकर्ताहरुले जनतालाई घरदैलोमा पुगेर जानकारी गराउँनुपर्ने आग्रह गर्नुभयो। ३५ वर्ष अगाडि देशमा १० हजार किलाेमीटर पक्की सडक निमार्ण भएको थियो भने अहिले आएर एक लाख १० हजार किमी पक्कीसडक निमार्ण भएको उहाँले उल्लेखगर्दे देशको विकासमा सवै एक भएर लाग्नुपर्ने विचारव्यक्त गर्नुभयो । कार्याक्रममा अधिकांश वक्ताहरुले निर्वाचित जनप्रतिनीधि र पेशागत महासंघ वीच जीवन्त सम्वन्ध कायम गर्नपर्ने आवश्यक्ता रहेको वताउँनुभएको थियो । अन्तरक्रियामा पेशागत महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष विमला थापा ,सचिव अजयकुमार राय सहित पुन्यप्रसाद ढकाल , चन्देश्वर मण्डल , भोलानाय पोखरेल , हरि श्रेष्ठ , केदारप्रसाद देपकोटा , रामदेवलाल दासले लोकतन्त्रको अवस्था तथा समस्या वारे आा—आफनो धारण राख्नुभएको थियो । यसैगरी सो कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लावाट आएका संगठनका पदाधिकारी , राजनीतिक दलका प्रतिनीधि तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागिहरुले अन्तरक्रियालाई संगठनभित्र विचार आदनप्रदान र अनुभव साझेदारी तथा भविष्यका योजनाहरु तयगर्न उपयोगी भएको विचारव्यक्त गर्नुभयो ।

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
4 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
4 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले