मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेपछि सहित परिवार लाभान्वित भएका छन् ।
प्रतिष्ठानले हालसम्म मधेश आन्दोलन तथा माओवादीको विद्रोहका क्रममा मारिएका १ सय ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको मधेशी सहिद प्रतिष्ठानका अध्यक्ष इन्जिनियर शुभम् यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत भएका परिवारलाई सबुद प्रमाणको आधारमा स्वास्थ्य बिमा गर्ने कार्यलाई निरन्तरता दिएको छ । यस अघि मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारलाई उपचारमा सहजता होस् भन्नका लागि सहिद परिवारका ५ जना सदस्यको स्वास्थ्य बिमा गरिदिएको छ ।
मधेश प्रदेशमा नेकपा माओवादीको विद्रोहका क्रममा राज्य तथा विद्रोही पक्षबाट गरेर १ हजार ६ जना तथा मधेश आन्दोलनको क्रममा घाइते तथा अङ्गभङ्ग भएका १ सय ६४ जनाको स्वास्थ्य बिमा गर्ने लक्ष्य प्रतिष्ठानले लिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले सहिद प्रतिष्ठान मार्फत २०८०–०८१ वाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाएको छ । सहिद परिवारको ५ जना सदस्यको हकमा एकमुष्ट रूपमा मधेश प्रदेश सरकारले प्रतिष्ठान मार्फत ३ हजार ५ सय रकम तिर्दै आएको छ भने थप मान्छे भएको खण्डमा सहिद परिवारले आफै अतिरिक्त रकम बिमा कम्पनीलाई बुझाउनुपर्ने कुरा सम्झौतामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेका मिना पौडेलले प्रतिष्ठान मार्फत स्वास्थ्य गरेका कारणले नै आँखाको उपचारमा सहजता भएको जनाउनुभएको छ । आर्थिक रूपमा कमजोर भएकी पौडेलले बिमाका कारण उपचारमा निकै सहजता भएको बताउनुभयो ।
साभार ः रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
5 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
5 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले