मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेपछि सहित परिवार लाभान्वित भएका छन् ।
प्रतिष्ठानले हालसम्म मधेश आन्दोलन तथा माओवादीको विद्रोहका क्रममा मारिएका १ सय ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको मधेशी सहिद प्रतिष्ठानका अध्यक्ष इन्जिनियर शुभम् यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत भएका परिवारलाई सबुद प्रमाणको आधारमा स्वास्थ्य बिमा गर्ने कार्यलाई निरन्तरता दिएको छ । यस अघि मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारलाई उपचारमा सहजता होस् भन्नका लागि सहिद परिवारका ५ जना सदस्यको स्वास्थ्य बिमा गरिदिएको छ ।
मधेश प्रदेशमा नेकपा माओवादीको विद्रोहका क्रममा राज्य तथा विद्रोही पक्षबाट गरेर १ हजार ६ जना तथा मधेश आन्दोलनको क्रममा घाइते तथा अङ्गभङ्ग भएका १ सय ६४ जनाको स्वास्थ्य बिमा गर्ने लक्ष्य प्रतिष्ठानले लिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले सहिद प्रतिष्ठान मार्फत २०८०–०८१ वाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाएको छ । सहिद परिवारको ५ जना सदस्यको हकमा एकमुष्ट रूपमा मधेश प्रदेश सरकारले प्रतिष्ठान मार्फत ३ हजार ५ सय रकम तिर्दै आएको छ भने थप मान्छे भएको खण्डमा सहिद परिवारले आफै अतिरिक्त रकम बिमा कम्पनीलाई बुझाउनुपर्ने कुरा सम्झौतामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेका मिना पौडेलले प्रतिष्ठान मार्फत स्वास्थ्य गरेका कारणले नै आँखाको उपचारमा सहजता भएको जनाउनुभएको छ । आर्थिक रूपमा कमजोर भएकी पौडेलले बिमाका कारण उपचारमा निकै सहजता भएको बताउनुभयो ।
साभार ः रेडियो नेपाल
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
11 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले