जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक सम्पन्न, कार्यसमिति विस्तारको घोषणा
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. राजीव झा प्रमुख अतिथि रहनु भएको थियो भने, केन्द्रिय सचिव संजय चौधरी र अनुशासन समितिका अध्यक्ष संजय सिंह विशेष अतिथि रहेका थिए।
बैठकले आगामी भदौ १३ गते (शुक्रबार) दिउँसो १ बजे जनकपुरधामस्थित रौनियार धर्मशालामा जिल्ला कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ। यस अवसरमा पार्टीसँग सम्बन्धित व्यक्तिहरू तथा सक्रियतापूर्वक काम गर्ने इच्छुक साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
त्यसैगरी, बैठकले भदौ २० गते हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रमलाई समर्थन गर्ने निर्णय गर्दै, धनुषा जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।
बैठकमा पार्टीको मूल धारणा बहुल राष्ट्रिय राज्य र स्वदेशवादलाई पुनः दोहोर्याइएको छ। पार्टीका अनुसार बहुल राष्ट्रिय राज्यले नेपालभित्रका भाषा, संस्कृति, जातीयता र पहिचानलाई समान हैसियतमा स्वीकार गर्दै सबै समुदायलाई समान अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नेछ।
त्यस्तै, स्वदेशवादलाई पार्टीले आफ्नो मूल विचारका रूपमा अगाडि सारेको छ। पार्टीका अनुसार स्वदेशवादले देशको भूमि, सीप, स्रोत र श्रमलाई आत्मनिर्भर विकासको आधार बनाउँदै आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा स्वाभिमानी राष्ट्र निर्माण गर्ने मार्ग देखाउँछ।
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
1 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
1 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले