नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वारा धर्ना कार्यक्रम सम्पन्न
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, भदौ १४ गते । नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता भगवान बाबु यादवले गर्नुभयो भने, विशेष अतिथि मनोज यादव रहनुभयो। कार्यक्रमको सञ्चालन महेश्वर यादवले गर्नुभएको थियो। धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ पूर्व केन्द्रीय समिति सदस्य दिनेश कुमार राय, नेपाल शिक्षक संघ नगर कमिटीका अध्यक्ष राम शंकर यादव,बाल विकास शिक्षिका भवानी साह, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटीका अध्यक्ष राम शोभित राय,विद्यालय कर्मचारी जिल्ला कमिटीका सदस्य अशेश्वर यादव लगायत स्थानीय समितिका प्रतिनिधिहरू तथा सम्पूर्ण शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आन्दोलन परिचालन समिति नगर संयोजक भगवान बाबु यादवले आफ्नो मन्तव्यमा भने, “माग पूरा गराउन आन्दोलन बाहेक अर्को विकल्प छैन। सबै जनाको एकतामार्फत मात्र माग पूरा हुन्छ, त्यसैले अबको आन्दोलन निर्णायक हुनेछ।” वक्ताहरूले थप जोड दिँदै भने, “अबको आन्दोलन आरपारको हुनेछ, जबसम्म माग पूरा हुँदैन आन्दोलन निरन्तर जारी रहनेछ।” सहभागी शिक्षकहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान, शिक्षकको हक अधिकार र व्यावसायिक मर्यादा सुनिश्चित गर्न माग गर्दै ऐक्यबद्धता प्रकट गरेका छन्।
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
11 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले