Janakpurdham
Tue, Oct 13, 2026
`

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वारा धर्ना कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ १४ गते ।  नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता भगवान बाबु यादवले गर्नुभयो भने, विशेष अतिथि मनोज यादव रहनुभयो। कार्यक्रमको सञ्चालन महेश्वर यादवले गर्नुभएको थियो। धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ पूर्व केन्द्रीय समिति सदस्य दिनेश कुमार राय, नेपाल शिक्षक संघ नगर कमिटीका अध्यक्ष राम शंकर यादव,बाल विकास शिक्षिका भवानी साह, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटीका अध्यक्ष राम शोभित राय,विद्यालय कर्मचारी जिल्ला कमिटीका सदस्य अशेश्वर यादव लगायत स्थानीय समितिका प्रतिनिधिहरू तथा सम्पूर्ण शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आन्दोलन परिचालन समिति नगर संयोजक भगवान बाबु यादवले आफ्नो मन्तव्यमा भने, “माग पूरा गराउन आन्दोलन बाहेक अर्को विकल्प छैन। सबै जनाको एकतामार्फत मात्र माग पूरा हुन्छ, त्यसैले अबको आन्दोलन निर्णायक हुनेछ।” वक्ताहरूले थप जोड दिँदै भने, “अबको आन्दोलन आरपारको हुनेछ, जबसम्म माग पूरा हुँदैन आन्दोलन निरन्तर जारी रहनेछ।” सहभागी शिक्षकहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान, शिक्षकको हक अधिकार र व्यावसायिक मर्यादा सुनिश्चित गर्न माग गर्दै ऐक्यबद्धता प्रकट गरेका छन्।

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

5 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

5 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले