Janakpurdham
Tue, Oct 13, 2026
`

समानता र सामाजिक न्यायका लागि थप प्रयत्न जरुरी : जसपा अध्यक्ष यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ १४ गते । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको ठुलो बलिदानका कारणले प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै समानता र सामाजिक न्यायका थप प्रयत्न जरुरी रहेको बताउनुभएको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको मधेश प्रदेशको दोस्रो अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले ३५ वर्षको अवधिमा देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको दाबी गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी फोरमले सुरुदेखि नै स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवा तथा जनताको स्वास्थ्यप्रति सचेत संस्था भएको बताउँदै स्वास्थ्य क्षेत्रमा भएको कमीकमजोरी हटाउन जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकमा चुरे विनाशका कारणले कृषि सङ्कटमा पर्दै गए पनि अहिले भूमि अध्यादेशको नाउँमा थप चुरेको विनाश भएर देशको कृषि क्षेत्रमा थप समस्याहरू निम्तिने दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले भूमि सम्बन्धी अध्यादेश तराई मधेशका लागि ठिक नभएको बताउँदै यसले मधेशमा जनसङ्ख्याको चाँपमा वृद्धि हुने दाबी गर्नुभयो ।

मधेश स्वास्थ्यकर्मी फोरम नेपाल मधेश प्रदेशका संयोजक विनोद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले संस्थाका संस्थापक अध्यक्ष बालकिशोर प्रसाद यादवलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो ।

मधेश प्रदेशका ८ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरेर २ सय ५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोली सम्पन्न हुने कार्यक्रम रहेको छ ।

साभार ः रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

5 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

5 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले