Janakpurdham
Sun, Oct 26, 2025
`

समानता र सामाजिक न्यायका लागि थप प्रयत्न जरुरी : जसपा अध्यक्ष यादव

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ १४ गते । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको ठुलो बलिदानका कारणले प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै समानता र सामाजिक न्यायका थप प्रयत्न जरुरी रहेको बताउनुभएको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको मधेश प्रदेशको दोस्रो अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले ३५ वर्षको अवधिमा देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको दाबी गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी फोरमले सुरुदेखि नै स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवा तथा जनताको स्वास्थ्यप्रति सचेत संस्था भएको बताउँदै स्वास्थ्य क्षेत्रमा भएको कमीकमजोरी हटाउन जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकमा चुरे विनाशका कारणले कृषि सङ्कटमा पर्दै गए पनि अहिले भूमि अध्यादेशको नाउँमा थप चुरेको विनाश भएर देशको कृषि क्षेत्रमा थप समस्याहरू निम्तिने दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले भूमि सम्बन्धी अध्यादेश तराई मधेशका लागि ठिक नभएको बताउँदै यसले मधेशमा जनसङ्ख्याको चाँपमा वृद्धि हुने दाबी गर्नुभयो ।

मधेश स्वास्थ्यकर्मी फोरम नेपाल मधेश प्रदेशका संयोजक विनोद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले संस्थाका संस्थापक अध्यक्ष बालकिशोर प्रसाद यादवलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो ।

मधेश प्रदेशका ८ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरेर २ सय ५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोली सम्पन्न हुने कार्यक्रम रहेको छ ।

साभार ः रेडियो नेपाल

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

11 घन्टा पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

11 घन्टा पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

2 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

2 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

3 दिन पहिले