भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट
2 महीना पहिले प्रकाशित
Esandhyakalin
पर्सा, भदौ १६ : गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन्।
वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको प्रष्ट पारेका हुन्।
भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए।
नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यममा नेपाली सीमा सम्बन्धी आएको समाचार पूर्णरूपमा भ्रामक र तथ्यहीन भएको दाबी गरे।
उनले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसको पर्याप्त प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेको बताए।
नेपालको सहमति बिना नेपाली भूमिलाई प्रयोग गरी भारत र चिनले व्यापार सम्झौता गरेकोप्रति नेपाल सरकारको आपत्ति रहेको जानकारी दिँदै मन्त्री लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सी जिङ पिङलाई नेपाली भूमिलाई प्रयोग गरी व्यापार गर्ने विषयमा आपत्ति जनाएको बताए।
लिपुलेक–लिम्पियाधुरा नेपालको हो भन्दैमा मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिने कुनै सम्भावना नरहेको जानकारी दिए।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री लेखकले नेपाल कुनैपनि देशसँग सैन्यगत एकता वा सैन्य समितिमा सहभागी नहुने प्रष्ट पारे।
साभार : काठमाडौं प्रेस
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
11 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले