\"अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन\"
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, भदौ १९ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ।
हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको यस युनियनले विधानअनुसार निवर्तमान कार्यसमितिलाई धन्यवाद सहित बिदाई गर्दै नयाँ कार्यकालका लागि कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमिति यस प्रकार रहेको छ:
• अध्यक्ष : डा. अनिल कुमार ठाकुर
• उपाध्यक्ष : डा. राजेश कुमार शाह
• सचिव : श्री अजित कुमार तिवारी
• सह–सचिव : इ. पवन कुमार महतो
• कोषाध्यक्ष : श्रीमती किरण यादव
• सदस्यहरू : डा. रमेश यादव, डा. कुन्दन मिश्र, श्रीमती रुबी साह, श्रीमती विभा कर्ण, श्रीमती पुनम ठाकुर, श्रीमती कौसिल्या तिमिसिना, श्रीमती विना साह, श्री अशोक कुमार यादव, श्रीचन मण्डल, श्री बंकर मेस्तर
त्यस्तै, सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रबिन्द्र कुमार सिंह र कानूनी सल्लाहकार श्री एम. के. झा रहने निर्णय गरिएको छ।
यसैगरी, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई बिधान अनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय समेत सर्वसम्मतिले गरिएको छ।
बैठकले प्रादेशिक अस्पताल जनकपुरधामका स्वीपर पदमा कार्यरत दिवंगत कर्मचारी भोला कुमार राउत (मेस्तर) को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ।
कर्मचारीहरुको हक–अधिकार र कर्तव्यबारे निर्णय
बैठकले आगामी दिनमा युनियनले कर्मचारीहरुको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।
• कर्मचारीलाई सुरक्षित, सम्मानजनक र भेदभावमुक्त वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्ने,
• तलब, भत्ता, सुविधा तथा पेशागत हकहितका विषयमा प्रबन्धकीय निकायसँग निरन्तर वार्ता–संवाद गर्ने,
• सेवा अवधिभर तालिम, प्राविधिक दक्षता र कार्यक्षमता अभिवृद्धिमा जोड दिने,
• कर्मचारीले आफ्नो कर्तव्य पालनामा इमानदारी, समयपालन र सेवाप्रति उत्तरदायित्वका साथ खटिनुपर्ने,
• बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय र मानवतापूर्ण सेवा दिनु प्रत्येक कर्मचारीको पहिलो कर्तव्य हुने,
जस्ता आधारभूत बुँदामा कार्यसमितिले ऐक्यबद्धता जनाउँदै सर्वसम्मतिले पारित गरेको छ।
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
3 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
3 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले