Janakpurdham
Sat, Oct 25, 2025
`

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्नेको भिड

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु अघिल्लो दिन आज मिथिला सहित तराई मधेशका जिल्लाहरूमा ऋषि तर्पण सम्पन्न भएको छ ।

पितृ तर्पण शुरु हुनुभन्दा अघिल्लो दिन देवता तुल्य ऋषि मुनिको स्मरणमा तर्पण गर्ने चलन हिन्दू संस्कृतिमा रहेको हो । जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउको रुपमा रहेको गंगासारमा हजारौँ व्यक्तिले ऋषिमुनिको स्मरण गरेर तर्पण गर्नु भएको छ ।

बिहानदेखिनै ऋषि तर्पणीको कार्यक्रममा सरिक हुनका लागि गाउँ गाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउनु भएको थियो । जनकपुरधामको गंगासागरको अतिरिक्त धनुषसागर, विहारगुण्ड, अग्निकुण्ड तथा दुग्धमतिमा तर्पण गर्ने टुहुराहरूको भिड रहेका थिए ।

पितृ तर्पण शुरु हुनुभन्दा एकदिन अगाडी हुने ऋषि तर्पणीमा काँक्रो, खरको फूल तथा सङ्खले तर्पण गर्ने शास्त्रीय मान्यता रहेको जनकपुरधामका पण्डित शोभाकान्त झाले जानकारी दिनु भयो । पितृ श्राद्ध शुरु हुनु भन्दा पूर्व देउता तथा ऋषिको स्मरण गर्ने चलन रहेको छ ।

भदौ कृष्णपक्ष प्रतिपदा तिथिबाट पितृ तर्पण शुरु हुने गरेको छ । यसमा बुबा नभएका सन्ताहरुले पितृ प्रति श्रद्धाभाव प्रकट गर्नका लागि तर्पण गर्ने चलन रहेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

2 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

2 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

3 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

3 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 दिन पहिले