ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्नेको भिड
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु अघिल्लो दिन आज मिथिला सहित तराई मधेशका जिल्लाहरूमा ऋषि तर्पण सम्पन्न भएको छ ।
पितृ तर्पण शुरु हुनुभन्दा अघिल्लो दिन देवता तुल्य ऋषि मुनिको स्मरणमा तर्पण गर्ने चलन हिन्दू संस्कृतिमा रहेको हो । जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउको रुपमा रहेको गंगासारमा हजारौँ व्यक्तिले ऋषिमुनिको स्मरण गरेर तर्पण गर्नु भएको छ ।
बिहानदेखिनै ऋषि तर्पणीको कार्यक्रममा सरिक हुनका लागि गाउँ गाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउनु भएको थियो । जनकपुरधामको गंगासागरको अतिरिक्त धनुषसागर, विहारगुण्ड, अग्निकुण्ड तथा दुग्धमतिमा तर्पण गर्ने टुहुराहरूको भिड रहेका थिए ।

पितृ तर्पण शुरु हुनुभन्दा एकदिन अगाडी हुने ऋषि तर्पणीमा काँक्रो, खरको फूल तथा सङ्खले तर्पण गर्ने शास्त्रीय मान्यता रहेको जनकपुरधामका पण्डित शोभाकान्त झाले जानकारी दिनु भयो । पितृ श्राद्ध शुरु हुनु भन्दा पूर्व देउता तथा ऋषिको स्मरण गर्ने चलन रहेको छ ।
भदौ कृष्णपक्ष प्रतिपदा तिथिबाट पितृ तर्पण शुरु हुने गरेको छ । यसमा बुबा नभएका सन्ताहरुले पितृ प्रति श्रद्धाभाव प्रकट गर्नका लागि तर्पण गर्ने चलन रहेको छ ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
3 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
3 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले