Janakpurdham
Mon, Sep 21, 2026
`

मध्यरातसम्म राष्ट्रपति सघन छलफलमाः सुशीलाकाे नाममा सहमति, संसद विघटनबारे विवाद

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,भदौ २६ गते । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरिरहेका छन् । 

पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको  छ ।

जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ । 

जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ । सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन् ।

अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको बुझिएको छ ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सहमति जुटे पनि कुन विधिबाट भन्ने प्रष्ट भएको छैन ।


साभार : नेपाल प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

14 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

14 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले