
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस
4 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ। पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ।
वक्तव्यमा उक्त घटनाको निष्पक्ष छानबिनको माग पुनः दोहोर्याउँदै सरकारले क्षतिको वास्तविक मूल्यांकन अविलम्ब सुरु गर्न आग्रह गरिएको छ।
साथै, प्रदर्शनमा जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको र त्यसबाट संवैधानिक तथा प्रशासनिक संस्थानहरू, मिडिया हाउस, निजी घर र वित्तीय संस्थामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेताहरूमाथि भएको भौतिक आक्रमणलाई अमानवीय र निन्दनीय बताएको छ।
उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत वक्तव्यमा गरिएको छ । यस्तै, अन्य राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूमाथिको आक्रमणप्रति पनि भत्र्सना गरिएको छ।
प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाउँदै कांग्रेसले उक्त निर्णय संविधान, लोकतान्त्रिक मूल्य र सर्वोच्च अदालतको अघिल्ला फैसलाविपरीत भएको स्पष्ट पारेको छ।
पार्टीले यसलाई अलोकतान्त्रिक र असंवैधानिक कार्य भनी ठहर गर्दै कार्यसम्पादन समितिको बैठकबाट विघटनको विरोधमा स्पष्ट धारणा सार्वजनिक भइसकेको स्मरण गराएको छ।
कांग्रेसले सम्पूर्ण नेपाली जनतालाई एकजुट भई लोकतन्त्र, संविधान र शान्तिपूर्ण राजनीतिक प्रक्रियाको संरक्षणका लागि अघि बढ्न आह्वान गर्दै, पार्टी विद्यमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
साभार : काठमाडौं प्रेस

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..
काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..
4 घन्टा पहिले
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..
काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..
4 घन्टा पहिले
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
2 दिन पहिले
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने
काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र प..
2 दिन पहिले
प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा
काठमाडौं,भदौ २७ गते । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र..
2 दिन पहिले