
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते शोक दिवस मनाउने
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।
‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ, साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ,’ उनले भने।
यस्तै, उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।
बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ।
साभार : काठमाडौं प्रेस

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 घन्टा पहिले
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..
काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..
2 घन्टा पहिले
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..
काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..
1 दिन पहिले
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..
काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..
1 दिन पहिले
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
3 दिन पहिले