Janakpurdham
Wed, Sep 17, 2025
`

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक्षमा बस्न जनमतको पत्र

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएको भएपनि अहिलेसम्म दिएका छैनन्। 

तर पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीले राजीनामा दिन ढिलाइ गरिराख्दा प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले समर्थन फिर्ता लिइसकेको पत्र प्रदेशसभामा दर्ता गराएका छन्।

यादवले प्रदेशसभालाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो दल जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालयलाई भदौ २८ गते नै गराइसकेको सो को जानकारीसहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्दछौँ।’

जनमतका प्रवक्ता डा. शरद यादवले पनि पार्टीको निर्देशन अनुसार नै प्रदेश सभामा पत्र दर्ता भएको बताए। 

उनले भने, ‘हामीले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइसकेका थियौँ। तर, मुख्यमन्त्रीले अहिलेसम्म राजीनामा नदिनुभएपछि प्रदेशसभामा विपक्षीमा बस्नको लागि व्यवस्थापन गर्न साथीहरूले पत्र दर्ता गराउनुभएको हो।’

उनले मुख्यमन्त्रीले पार्टीको निर्देशन अनुसार चाँडै राजीनामा दिने विश्वास व्यक्त गरे। जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि जनमतले कांग्रेस–एमाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो।


साभार : नेपाल प्रेस

`
12 comments
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

3 घन्टा पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

3 घन्टा पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

1 दिन पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

1 दिन पहिले

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..

काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..

2 दिन पहिले