Janakpurdham
Tue, Oct 13, 2026
`

असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्णय

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवलाय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको जनाएको हो । मोर्चाले सोही सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।

 डा. यादवद्वारा जारी सो विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।

त्यस्तै, सो दिन प्रहरीको गोली लागि मृत्यु भएको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरी असोज तीन कालो दिनामा विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि प्रदर्शन गर्दै आएकोमा सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने विज्ञप्तिमा भनिएको छ । 

साथै, भाद्र २३ र २४ जेनजीको आन्दोलनमा अराजक तत्वहरुले घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु लगातयका भवनमा क्षति पुर्याउनेहरुलाई छानबिन गरि कारबाही गरी क्षतिपूर्ति दिन सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साथै, जेनजीको क्रान्ति पछि निर्माण भएको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यताअनुरुप समानुपातिक समावेशीता अनुसार अघि बढ्ने सुझाएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकारलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्रहरु भए स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

असाेज ३ लाई सरकारले संविधान दिवसको रुपमा धुमधामका साथ मनाउने गरेको छ भने सो दिन देशैभरि सार्वजनिक बिदासमेत दिइने गरेको छ ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले