मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्यमन्त्री छाड्दिनँ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असोज २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बताएका छन् ।पार्टीले मुख्यमन्त्रीबाट राजीनामा नदिएकाले विभिन्न धारा लगाउँदै ३ दिनभित्र राजीनामा नगरे साधारण सदस्यता पनि नरहने गरी कारबाही गर्ने भनेपछि सिंहले मुख्यमन्त्रीले दिने विश्वासको मतका लागि ‘हाउसमै फेस’ गर्ने बताएका हुन् ।
बिहीबार साँझ नेपालप्रेससँगको कुराकानीमा उनले भने, ‘म पार्टीलाई स्पष्टिकरण पनि चित्त बुझ्नेगरी दिन्छु, मुख्यमन्त्रीबाट पनि भाग्दिनँ, प्रदेश सभामा विश्वासको मतका लागि तयार छु’, उनले थपे, ‘संघीयता जोगाउने बेला छ, फेरि राजनीतिक खिचातानी र भाँडभैलो गर्ने बेला छैन, यस्तो बेला सबै मिलेर जानुपर्छ, संघीयतामा मधेशको अहम भूमिका छ ।’१३ प्रदेश सभा सदस्य रहेको मधेश प्रदेश सरकारका जनमतका दुई मन्त्रीः उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाह र वन तथा वातावरणमन्त्री सञ्जय यादवले भदौ २४ गतेकै मितिमा राजीनामा दिइसकेका छन् । ‘उनीहरुले पार्टीलाई विश्वस्त गराउन सकेनन् र डराए,’ राजीनामा दिएका मन्त्रीहरुप्रति मुख्यमन्त्री सिंहको प्रतिक्रिया थियो, ‘उनीहरु सरकार छाडेर भागे, तर म भाग्दिनँ ।’
बुधबार मात्रै वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जनाले जनमत पार्टी अध्यक्ष सिके राउतलाई अध्यक्ष र राउतका दाजु जयकान्त राउतलाई संगठन विभाग पद छाड्न आग्रह गर्दा अध्यक्ष राउतले फेसबुकमै ‘यहाँहरुलाई पार्टी छाड्ने उपयुक्त मौका’ भन्दै चेतावनी दिएपछि बिहीबार उनीहरु अलग भएका छन् ।बिहीबार पार्टी उपाध्यक्ष एव्म अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरीले फेसबुकबाट राजीनामा दिएको घोषणा गरेर पनि पार्टी प्रदेश सरकारबाट फिर्ता हुँदा किन राजीनामा नदिई पार्टीलाई आघात पुर्याउनु भएको भनेर ३ दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण दिन र साधारण सदस्यबाटसमेत निष्कासन हुनसक्ने भन्दै सिंहलाई स्पष्टिरकण सोधेका छन् ।
साभार : नेपाल प्रेस
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले