Janakpurdham
Fri, Oct 03, 2025
`

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

11 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ६ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । 

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..

जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..

3 दिन पहिले

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..

काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..

3 दिन पहिले

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय

काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..

3 दिन पहिले

नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस

काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..

4 दिन पहिले

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..

4 दिन पहिले