
सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त
7 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, आसोज ९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सरकारको प्रवक्तामा नियुक्त भएका छन् । बिहीबार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई प्रवक्ता िनयुक्त गरेकाे हाे।
बैठकपछि मन्त्री खरेलले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको जनाकारी दिए।
प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ । साथै, काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ।
बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ पनि स्वीकृत गरेको छ। यो नियमावली सुरक्षित मुद्रण सम्बन्धी ऐन २०८१ लाई कार्यान्वयनमा लैजानका लागि आवश्यक व्यवस्था अनुसार ल्याइएको प्रवक्ता खरेलले जानकारी दिए।
त्यस्तै, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ।
यससँगै अब अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरणको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट नभैइ, सूचना विभागमार्फत नै यथावत रूपमा अघि बढ्नेछ।
साभार : काठमाडौं प्रेस

जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..
जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..
3 दिन पहिले
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..
काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..
3 दिन पहिले
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय
काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..
3 दिन पहिले
नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस
काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..
4 दिन पहिले
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि
काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..
4 दिन पहिले