Janakpurdham
Fri, Oct 03, 2025
`

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

4 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९।४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलक वर्मा र रिंकु सिंहले विजयी प्रहार गर्दै भारतलाई जित दिलाए ।

भारतका तिलक वर्माले अविजित ६९ रनको म्याच जिताउने पारी खेले । उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ३३ तथा सन्जु सामसनले २४ रनको योगदान गरे ।

पाकिस्तानका बलर फहीम अशरफले ३ विकेट लिए भने शाहीन अफ्रिदी र अबरार अहमदले एक–एक विकेट हात पारे ।

 

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९।१ ओभरमा १४६ रनमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि पाकिस्तानको पारी मध्य ओभरपछि धराशायी भएको हो ।

पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले ५७ रन बनाए भने फखार जमानले ४६ रनको योगदान गरे । तर, अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे ।

भारतका स्पिनर कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई–दुई विकेट हात पारे ।

यससँगै भारतले एसिया कपमा नवौंपटक उपाधि जितेको छ । यसअघि सन् २०२३ मा भएको एसिया कपमा भारतले श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।


साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..

जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..

3 दिन पहिले

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..

काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..

3 दिन पहिले

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय

काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..

3 दिन पहिले

नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस

काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..

4 दिन पहिले

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..

4 दिन पहिले