
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय
3 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ।भर्खरै सकिएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे।
लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले पहिलो खेलमै आफूलाई प्रमाणित गरे । ४ ओभर बलिङ गरेका २४ रन खर्चेर ४ विकेट लिए ।कुशल भुर्तेलले ३, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए । वेष्ट इन्डिजका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए ।त्यसअघि दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए ।सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए । बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २\२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेसो खेल मंगलबार हुनेछ ।
साभार : नेपाल प्रेस

जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..
जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..
3 दिन पहिले
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..
काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..
3 दिन पहिले
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय
काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..
3 दिन पहिले
नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस
काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..
4 दिन पहिले
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि
काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..
4 दिन पहिले