
जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तयारी
3 दिन पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्तिपीठहरूमा माटोका मूर्तिमा आँखाको नानी थप्ने वैदिक प्रक्रिया सम्पन्न भएको छ। षष्ठीका दिन निमन्त्रित जोडाबेल सोमबार तोडेर शक्तिपीठमा ल्याई बेलको डाँठबाट दुर्गाको आँखा कोर्ने विधि सम्पन्न गरिएको हो। जनकपुरधामस्थित राजदेवी मन्दिरमा सोमबारदेखि मंगलबारसम्म खोइँच भराइँ सञ्चालन हुँदैछ भने महाअष्टमीका दिन बेलुको बोकाबली कार्यक्रम तय गरिएको महावीर युवा कमिटीले जनाएको छ।
यस वर्ष तिथिमितिमा हेरफेर हुँदा कतिपय शक्तिपीठमा सोमबार नै बेलतोडी र खोइँच भराइँ कार्य सम्पन्न भएको छ। यसक्रममा ७ हजारभन्दा बढी भक्तजनले बलीका लागि रसिद काटेका छन्। तराई–मधेशका गाउँ–गाउँमा दुर्गा पूजाको उत्सव धुमधामका साथ मनाइँदै छ। मैथिल परम्परा अनुसार देवीलाई माइती आएकी छोरीझैँ पूजा गर्ने, मिठा परिकार अर्पण गर्ने र विसर्जनका बेला सोहर गीत गाई भावनात्मक विदाइ गर्ने चलन छ। यो परम्परा धार्मिक मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा निरन्तरता पाउँदै आएको छ।

जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..
जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..
3 दिन पहिले
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..
काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..
3 दिन पहिले
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय
काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..
3 दिन पहिले
नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस
काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..
4 दिन पहिले
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि
काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..
4 दिन पहिले