जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तयारी
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्तिपीठहरूमा माटोका मूर्तिमा आँखाको नानी थप्ने वैदिक प्रक्रिया सम्पन्न भएको छ। षष्ठीका दिन निमन्त्रित जोडाबेल सोमबार तोडेर शक्तिपीठमा ल्याई बेलको डाँठबाट दुर्गाको आँखा कोर्ने विधि सम्पन्न गरिएको हो। जनकपुरधामस्थित राजदेवी मन्दिरमा सोमबारदेखि मंगलबारसम्म खोइँच भराइँ सञ्चालन हुँदैछ भने महाअष्टमीका दिन बेलुको बोकाबली कार्यक्रम तय गरिएको महावीर युवा कमिटीले जनाएको छ।
यस वर्ष तिथिमितिमा हेरफेर हुँदा कतिपय शक्तिपीठमा सोमबार नै बेलतोडी र खोइँच भराइँ कार्य सम्पन्न भएको छ। यसक्रममा ७ हजारभन्दा बढी भक्तजनले बलीका लागि रसिद काटेका छन्। तराई–मधेशका गाउँ–गाउँमा दुर्गा पूजाको उत्सव धुमधामका साथ मनाइँदै छ। मैथिल परम्परा अनुसार देवीलाई माइती आएकी छोरीझैँ पूजा गर्ने, मिठा परिकार अर्पण गर्ने र विसर्जनका बेला सोहर गीत गाई भावनात्मक विदाइ गर्ने चलन छ। यो परम्परा धार्मिक मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा निरन्तरता पाउँदै आएको छ।

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
13 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
13 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले