
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री कार्की
5 दिन पहिले प्रकाशित
Esandhyakalin
-1759584588_1759629167.jpg)
काठमाडौं, असोज १८ : प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको प्रमुख चिन्ता रहेको बताएकी छिन्।
शनिबार साँझ देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गरेकी छिन्।
देशभर बाढी पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेको छ भने आइतबार र सोमबार सार्वजनिक विदा दिएको छ।
‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्, हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्,’ उनले भिडियो सन्देशमा भनेकी छिन्।
बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन्।
प्रधानमन्त्री कार्कील् सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको बताएकी छिन् ।
नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालिन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उनले बताएकी छिन् ।
महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन् ।
साभार : काठमाडौं प्रेस

भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..
काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..
3 घन्टा पहिले
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, सं..
काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ..
3 घन्टा पहिले
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन स..
काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अ..
1 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, याद..
जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्..
1 दिन पहिले
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छल..
काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्..
2 दिन पहिले

-
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
-
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले के गर्यो निर्णय ?
-
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, यादव मुख्यमन्त्रीमा प्रस्तावित
-
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई