Janakpurdham
Fri, Oct 10, 2025
`

चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई

2 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ।

मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए। 

‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ,’ उनले भने।

निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको जानकारी गराउँदै उनले निर्वाचन स्वच्छ निर्पक्ष बनाउन सरकारसँग सहकार्य हुने बताए।

‘भर्खरै मात्र हिजो मात्र निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ,’ उनले भने, ‘निर्वाचन कार्यक्रमका विषयमा मतदानलाई थप स्वच्छ निर्पक्ष बनाउने, आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको क्षेत्राधिकार भित्र पर्छ त्यसमा आयोगले सरोकारवाला अथवा राजनीतिक दलहरुसँग सम्बन्धित सहकार्य गर्छ। सुरक्षाको सुनिश्चितता लगायतका विषयहरुमा सरकारको कार्यक्षेत्र भित्र पर्छन् त्यसमा सरकारको तर्फबाट हुन्छ। सबैले मिलेर गर्ने हो।’

साभार : काठमाडौं प्रेस

`
12 comments
भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..

काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..

3 घन्टा पहिले

कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, सं..

काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ..

3 घन्टा पहिले

सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन स..

काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अ..

1 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, याद..

जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्..

1 दिन पहिले

चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छल..

काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्..

2 दिन पहिले