
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
9 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ। सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनबारे अहिलेसम्म दलहरूसँग छलफल नगरेकोप्रति असन्तुष्टि जनाए ।यद्यपि, निर्वाचन हुने विश्वस्त आधार नभएकाले संसद् पुनर्स्थापना मुद्दा पनि नछाडेको बताए। जेनजी आन्दोलनको क्रममा लोकतन्त्रको मर्ममाथि नै प्रहार गरेकाले एकताबद्ध भएर अघि बढ्ने बताए ।
उनले भने, ‘अहिले लोकतान्त्रिक मूल्य र मान्यतालाई नै थङथिलो बनाउने कोसिस भइरहेको छ। तर हामी विचलित हुँदैनौं । हामी उठ्छौं । अहिलेको आवश्यकता पार्टीभित्रको एकता हो, एकताबद्ध भएर जान्छौं । हामी सघन छलफल गरेर महाधिवेशन नेतृत्व परिवर्तनबारे निर्णयमा पुग्छौँ ।’उनले महाधिवेशन र आगामी नीतिबारे छलफल भएपनि कार्यवाहक सभापतिबारे कुनै छलफल नभएको बताए ।उनले जेनजी आन्दोलनबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।बैठक भोलि पनि बस्ने र केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिने भएको छ ।
साभार : नेपाल प्रेस

भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..
काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..
9 घन्टा पहिले
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, सं..
काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ..
9 घन्टा पहिले
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन स..
काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अ..
1 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, याद..
जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्..
1 दिन पहिले
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छल..
काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्..
2 दिन पहिले

-
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
-
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले के गर्यो निर्णय ?
-
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, यादव मुख्यमन्त्रीमा प्रस्तावित
-
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई