कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
12 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ। सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनबारे अहिलेसम्म दलहरूसँग छलफल नगरेकोप्रति असन्तुष्टि जनाए ।यद्यपि, निर्वाचन हुने विश्वस्त आधार नभएकाले संसद् पुनर्स्थापना मुद्दा पनि नछाडेको बताए। जेनजी आन्दोलनको क्रममा लोकतन्त्रको मर्ममाथि नै प्रहार गरेकाले एकताबद्ध भएर अघि बढ्ने बताए ।
उनले भने, ‘अहिले लोकतान्त्रिक मूल्य र मान्यतालाई नै थङथिलो बनाउने कोसिस भइरहेको छ। तर हामी विचलित हुँदैनौं । हामी उठ्छौं । अहिलेको आवश्यकता पार्टीभित्रको एकता हो, एकताबद्ध भएर जान्छौं । हामी सघन छलफल गरेर महाधिवेशन नेतृत्व परिवर्तनबारे निर्णयमा पुग्छौँ ।’उनले महाधिवेशन र आगामी नीतिबारे छलफल भएपनि कार्यवाहक सभापतिबारे कुनै छलफल नभएको बताए ।उनले जेनजी आन्दोलनबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।बैठक भोलि पनि बस्ने र केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिने भएको छ ।
साभार : नेपाल प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
12 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
12 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह