कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे हस्ताक्षर
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असोज २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थालेको हस्ताक्षर अभियानमा ५० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यद्यपि, संस्थापन पक्षले हस्ताक्षरप्रति केही प्रश्न उठाएको छ।कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। त्यसमध्ये ५० प्रतिशत भन्दा धेरैले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरे।
उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए। उनले भने, ‘भोलिबाट सुरु हुने बैठकले महाधिवेशनको मिति तोक्ने कि कार्यसमितिको म्याद थप्ने निर्णय गर्नुपर्छ, तर प्रस्ताव ल्याउने महामन्त्रीहरूले नै हो। उहाँहरूले एक दिनपनि कार्यसमितिको म्याद थपिँदैन भनिसक्नुभएको छ। बैठकले मंसिरभित्रै महाधिवेशन सक्ने गरी मिति तोक्छ।’
उनले महाधिवेशन र पार्टीमा रूपान्तरण नचाहेकाहरूले सङ्कलित हस्ताक्षर अभियानको वैधतामाथि प्रश्न उठाएको आरोप लगाए। केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ।
इतर पक्षका नेता गुरुराज घिमिरेसहित १०९ नेताहरूले असोज ६ गतेबाट विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेका थिए। यद्यपि, नेताहरूको जोड नियमित महाधिवेशनमा छ। अहिलेको कार्यसमितिको म्याद मंसिरमा नै सकिने भएकाले कार्यकाल नथपी महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका अधिकांशको जोड छ।
महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा पनि मंसिरमा नियमित महाधिवेशन सम्भव नभए मात्रै विशेष महाधिवेशन गर्ने ढङ्गले प्रस्ताव राखेका थिए। त्यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ। त्यसबारे छिनोफानो भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले गर्नेछ।
५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीमा नयाँ नेतृत्व र रूपान्तरण खोजेको नेता सिवाकोटीले बताए।
उनले थपे, ‘अहिले नेता कार्यकर्ता विशेष महाधिवेशन माग्दै आइरहेका छन्। तर केहीले केन्द्रीय कमिटी भङ्ग गरेर कार्यवाहक तोकेर महाधिवेशन टार्ने कुरा गर्दै छन्, त्यो पनि एकखालको प्रतिगामी कुरा हो।’
उनले महाधिवेशनको विकल्प आफूहरू कुनै प्रस्ताव स्वीकार गर्ने पक्षमा रहेको बताए। नेता शिवाकोटीले थपे, ‘१५ औँ महाधिवेशन मंसिरभित्र गर्न चाहने र त्यो नभए विशेष महाधिवेशनबाट नयाँ नेतृत्व खोज्नेहरूलाई कुनै अवरोध गर्नको लागि अनेकन् कुराहरू आइरहेका छन्। महाधिवेशनबाहेक अरू कुनै प्रस्ताव कसैले ल्याउँछ भने त्यो आम कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकको भावना विपरीत हुन्छ। त्यो कुनै हालतमा स्वीकार्य छैन र हुन पनि दिइँदैन।’
अर्का केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताए। उनले थपे, ‘मैले मंसिरभित्र नियमित महाधिवेशन गर्ने विकल्पसहितको प्रस्ताव अघि सारेको छु। यो विषयमा भोलिबाट सुरु हुने बैठकमा पनि राख्ने तयारी गरेको छु, पार्टीपंक्ति लागे मंसिरमा कार्यकाल नथपी महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकिन्छ।’
तर, संस्थापन पक्षका नेताहरू विभिन्न विकल्पमा छलफलमा रहेपनि मंसिरमा नियमित महाधिवेशन गर्न नसक्ने पक्षमा उभिँदै गएका छन्।
देउवाको सम्मानजनक बिदाइका लागि महाधिवेशन गर्ने, उपसभापति खड्कालाई केन्द्रीय समितिबाटै कार्यवाहक तोक्नेदेखि केन्द्रीय समिति नै भङ्ग गरेर एक जनालाई संयोजक तोक्नेसम्मको विकल्पमा कांग्रेसभित्र छलफल भइरहेको छ।
देउवा निकट रहेका नेता डा. शशांक कोइरालाले पनि केन्द्रीय समिति भङ्ग गरेर कार्यवाहक तोक्न देउवालाई सुझाइसकेका छन्। उनी संस्थापन पक्षबाट नेतृत्वको दाबेदारमध्येका एक हुन्। तर कोइरालाको यो प्रस्ताव महाधिवेशन नगर्ने गरी आएको भन्दै इतर पक्ष रुष्ट छ।
संस्थापन पक्षले महाधिवेशन टार्न खोजेपछि आफूहरूले दबाब दिनको लागि आफूहरूले हस्ताक्षर सङ्कलन गरेको इतर पक्षका एक नेताले बताए। इतर पक्षले केन्द्रीय समितिले नियमित महाधिवेशनको मिति नतोके विशेष महाधिवेशन माग्ने गरी हस्ताक्षर सङ्कलन गरेर राखेको छ।
तर, संस्थापन पक्षका नेताहरूले भने महामन्त्रीले नै हस्ताक्षर अभियान चलाएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएको छ। नेता कृष्ण सिटौलाले उपसभापति पूर्णबहादुर खड्कासहित आफूनिकट नेताहरूको भेलामा महामन्त्रीद्वयको कदमले पार्टी विभाजन हुनसक्ने टिप्पणी गरेका थिए।
साभार : नेपाल प्रेस
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
23 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
23 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
2 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
3 दिन पहिले