Janakpurdham
Tue, Oct 13, 2026
`

नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् । नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् । 

आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न हामी प्रतिवद्ध छौं । संगै, आफू आवद्ध रहेको दल, संस्था या समूहमा बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक छ त्यसकारण, हामी विनम्रतापूर्वक अपील गर्दछौं– ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ ।’

पूरानै शैली र पूरानै प्रवृत्तिबाट नेतृत्व गर्न नसक्ने भन्दै प्रत्येक नयाँ या पूराना दलमा परिवर्तन जरुरी रहेको युवाहरुको भनाई छ । ‘पूरानै शैली र पूरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन । अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ । हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ । हरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ,’अपिल पत्रमा उल्लेख गरिएको छ ।  

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

23 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

23 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले