
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको राजीनामा
4 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपासहित आफ्नै पार्टी जनमत, कांग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंह स्पष्ट अल्पमतमा परेका छन् ।लोसपाबाट सरकारमा रहेकी शिक्षामन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको हो ।
मधेश प्रदेश, प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दिइएको समर्थन आजकै मिति २०८२।०६।२७ गतेबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’
मधेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ। स्पष्ट अल्पमत हुँदा पनि पार्टीको निर्देशन अटेर गर्दै मुख्यमन्त्री सिंहले भनेलि विश्वासको मत लिँदैछन् ।
साभार : नेपाल प्रेस

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
4 घन्टा पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
4 घन्टा पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
1 दिन पहिले
नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय
काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहक..
1 दिन पहिले
कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै..
काठमाडौं ,असोज २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थाल..
3 दिन पहिले